Logo

भीम रावलसहित ११ जनालाई भोट नदिन ओलीको उर्दी


चितवन । चितवनमा जारी नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। निर्धारित समय भन्दा करिब ७ घण्टापछि मात्र मतदान सुरु भएको हो। ओली पक्षले ‘भोट नहाल्ने नामावली’ भन्दै भीम रावल सहित ११ जनाको सूची प्रकाशित गरेको छ। मतदान गर्न लाइनमा बसेका कार्यकर्तालाई सो सूची वितरण गरिएको छ। सेतोपाटीलाई प्राप्त सूची अनुसार अध्यक्षका उम्मेद्वार भीम रावल, उपाध्यक्षका उम्मेद्वार घनश्याम भुसाल, सचिव टंकप्रसाद कार्की र भीम प्रसाद आचार्यलाई भोट नहाल्नू भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्