Logo

ओलीका स्वयंसेवकहरुले खोसे भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा


चितवन। । एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि बन्दसत्रभित्र प्रवेश गर्न दिइएको छैन । स्रोतका अनुसार मनोनयनपत्र दर्ता नै नभएका कारण पर्चा बोकेर बन्दसत्रभित्र प्रवेशमा रोक लगाइएको हो । ​स्वयंसेवकहरुले त्यस्ता पर्चा खोसेरमात्र बन्दसत्र आयोजनास्थलभित्र प्रवेश गर्न दिएका छन् । बन्दसत्र आयोजनास्थलभन्दा बाहिर भने कतिपयले रावलको पर्चा बाँड्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्