Logo

राष्ट्रपति भण्डारीको दवावमा अध्यक्ष ओलीले नेम्वाङ र शाक्यलाई बाँडे उधारो पद


चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्य सुवास नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको दाबी छाड्न आग्रह गरेका छन्। ओलीले नेम्वाङलाई बोलाएर ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने अवस्था रहेको ब्रिफिङ गर्दै दाबी छाड्न आग्रह गरेका हुन्। दुई(दुई पटक पार्टी महासचिव भएको र सिनियर पनि भएकाले पोखरेललाई बरिष्ठ उपाध्यक्ष बनाउनु पर्ने अवस्था रहेको ओलीले नेम्वाङलाई बताएका हुन्।एमाले नेताहरूका अनुसार ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंबाट लबिङ गरिरहेकी छिन्। राष्ट्रपति भण्डारीसँगै खासै राम्रो सम्बन्ध नभएका नेम्वाङ ईश्वरका लागि बरिष्ठ उपाध्यक्ष छाड्न तयार छैनन्। बरू आफू बरिष्ठ उपाध्यक्षमा प्रतिष्पर्धा नै गर्न तयार रहेको बताइरहेका छन्। नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक गरिसकेका छन्। नेम्वाङले यसअघि वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका एमाले उपमहासचिव घनश्याम भुसाललाई समेत मनाइसकेका छन्। नेम्वाङकै आग्रहमा भुसालले उपाध्यक्षमा दाबेदारी गरेका हुन्। पूर्वमाओवादी र दश बुँदे समझदारी गरेर एमालेमै रहने निर्णय गरेका नेताहरू नेम्वाङप्रति सकारात्मक छन् ।
समन्वयकारी भूमिका निभाउने भएकाले नेम्वाङलाई एमाले नेताहरू नेम्वाङप्रति लचिलो देखिन्छन्। त्यसो त नेम्वाङले सेतोपाटीसँगको कुराकानीमा आफूले उठेको चुनाव कहिल्यै नहारेको प्रतिक्रिया दिएका थिए। अध्यक्ष ओलीसँग सधैँ कोर टिममा रहेर काम गरेका नेम्वाङ यसपटक ओलीको आग्रहसमेत अस्वीकार गरेर अघि बढ्ने तयारीमा छन्। ओलीले पार्टीले अवसर पाएको अवस्थामा नेम्वाङलाई राष्ट्रपति बनाउनेसम्मको आश्वासन दिएका छन्। तर नेम्वाङ रोकिने मुडमा छैनन्। सुवास नेम्वाङले समेत केपी शर्मा ओलीको बरिष्ठ उपाध्यक्षबाट पछि हट्न गरिएको आग्रह अस्वीकार गर्नुभएको छु, एक स्थायी समिति सदस्यले भने, ुउहाँले घनश्याम भुसाललाई समेत तपाईं र म एउटै पदमा लड्दा ईश्वर पोखरेल जित्न सक्छन् भनेर मनाइसक्नु भएको छ।ु ओलीले सुवास नेम्वाङलाई राष्ट्रपति प्रस्ताव गरेसँगै पार्टीले जिम्मेवारी पाउँदा उपराष्ट्रपति अष्टलक्ष्मी शाक्यलाई बनाउने प्रस्ताव गरेका छन्।

प्रतिक्रिया दिनुहोस्