Logo

ओखलढुंगा काग्रेस अधिवेशन : नगरपालिका र खिजिदेम्बा प्रभावशाली नेताले साथ छोड्दा खनाल समुहलाई गम्भिर धक्का


नेपाली कांग्रेस ओखलढुंगाको १४ औं जिल्ला अधिवेशनको मिति नजिकिदै जाँदा चुनावी सरगर्मीले ओखलढुंगा तातेको छ । ओखलढुंगाको चुनावी प्रचार अभियानलाई सभापतिका उमेदवार बालकृष्ण दाहाल र तेजेन्द्र खनाल समुहले तिव्र बनाएका छ्न् । जिल्ला अधिवेशनको मिति नजिकिदै जाँदा खनाल समुह छोडेर दाहाललाई सहयोग गर्ने नेताहरु बढ्दै गएका छन् ।

विषेश गरि खनालकै नगरपालिका सिद्धिचरण नगरपालिका र बर्तमान पार्टी सभापति प्रदीप सुनुवारको गाउपालिका खिजिदेम्बाका प्रभावशाली नेताहरुले खनालको समुह छोडेर बालकृष्ण दाहालको समुह खुलेपछि खनाल समुहलाई गम्भिर धक्का लागेको छ ।

खनाल समुह छोडेर दाहाल समुहमा पछिल्लो समय नेपाल महिला संघका अध्यक्ष हेमालक्ष्मी राई, नेपाल तरुण दलका अध्यक्ष प्रविण हाङ राई, नेपाल विद्यार्थी संघ नगरपालिकाका अध्यक्ष सुजन दाहाल र खिजीदेम्बा गाउपालिका प्रभावशाली नेता मानबहादुर महतारा र बर्तमान पार्टी सभापति प्रदीप सुनुवारका सहोदर भाई भीम सुनुवार बालकृष्ण दाहाको पक्षमा खुलेका छन् ।

खनाल समुहमामा रहेर खुल्ला महिलाको उमेदवार बनेकी हेमालक्ष्मी राई बालकृष्ण दाहालको पक्षका खुलेकी छन् । उनी महिला संघको जिल्ला अध्यक्ष हुन् । २०७० सालको दोश्रो संविधानसभाको चुनावमा समानुपातिक उमेदवार बनेकी हेमालक्ष्मी राई प्रभावशाली महिला नेतृ मानिन्छिन् । उनी सिद्धीचरण नगरपालिकाको उपप्रमुखको उमेदवार समेत बनेकी हेमालक्ष्मी राई बालकृष्ण दाहाल समुहमा खुलेपछि सो समुह थप बलियो बनेको छ ।

नेपाल तरुण दलका अध्यक्ष प्रविण हाङ राई बर्तमान पार्टी सभापति प्रदीप सुनुवारका निकट मानिन्थे । तर राई पछिल्लो समय सो समुहका नेताहरुको व्यवहारका कारण दाहाल समुहमा खुलेका छन् । उनी दाहाल समुहबाट आदीवासी जनजाती तर्फको संघीय महाधिवेशन प्रतिनिधिको उमेदवार बनेका छन् । प्रविण हाङ राई पनि सिद्धिचरण नगरपालिकाका प्रभावशाली नेता मानिन्छन् । उनी गत महाधिवेशनमा प्रदीप सुनुवारको दाहिने हात थिए । राई पनि सभापतिका उमेदवार तेजेन्द्र खनालको नगरपालिकाका प्रभावशाली नेता मानिन्छन् ।
त्यसैगरि नेपाल विद्यार्थी संघ सिद्धिचरण नगरपालिकाका अध्यक्ष सुजन दाहाल तेजेन्द्र खनालकै वडाका प्रभावशाली नेता हुन् । उनी पछिल्लो समय असंतुष्टी जनाएर दाहालको पक्षमा खुलेका छन् ।

आफ्नै सिद्धिचरण नगरपालिकाबाट महिला संघ अध्यक्ष हेमालक्ष्मी राई, तरुण दल अध्यक्ष प्रविण हाङ राई र नेपाल विद्यार्थी संघ नगरसमितिका सभापति सुजन दाहालले छोडेपछि तेजेन्द्र खनालको समुहलाई गम्भिर धक्का लागेको छ ।

त्यस्तै बर्तमान जिल्ला सभापति प्रदीप सुनुवारका भाई भीम सुनुवार बालकृष्ण दाहालको पक्षमा खुलेका छन् । बर्तमान सभापति प्रदीप सुनुवार तेजेन्द्र खनाललाई जिताउने अभियानमा लागेका छन् । उनको गाउमा संगठन धान्दै आएका सहोदर भाई भीम सुनुवार बालकृष्ण दाहालको समुहमा खुलेपछि खनाल पक्षको एकलौटी भनेर दाबि गरिदै आएको खिजिदेम्बा गाउपालिमा समेत बालकृष्ण दाहालको समुह बलियो बनेको छ । प्रदीप सुनुवारका भाई भीम बालकृष्ण दाहालको समुहबाट जिल्ला कार्यसमिति सदस्यको उमेदवार बनेका छन् ।

खिजिदेम्बा गाउपालिका कै प्रभावशाली नेता मानबहादुर महतारा पनि बालकृष्ण समुहमा खुलेका छन् । उनी पालिका अधिवेशनमा पालिका सभापतिको आकांक्षी थिए । सर्वसम्मत बनाउनका लागि उनले पालिका सभापति छोडेका थिए । महातारालाई जिल्ला कार्य समितिको उमेदवार बनाउने आश्वास दिइएको थियो । तर खिजिदेम्बा गाउपालिकाबाट जिल्ला कार्यसमिति सदस्यको उमेदवार नबनाएपछि महतारा बालकृष्ण दाहालको पक्षमा खुलेका हुन् । उनी दाहालको समुहबाट जिल्ला कार्यसमिति सदस्यको उमेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्