Logo

एमालेको महाधिवेशन प्रतिनिधिकाे छनोट भोलि



काठमाडैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताएका छन् ।

देशभरी एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्दर्भमा भिडियो सन्देश जारी गर्दै उनले हाधिवेशनले पार्टी निर्माण, विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने बताए। उनले करिब तीन वर्षसम्म निष्क्रिय र अस्तव्यस्त अवस्थामा रहेका पार्टी सङ्गठन अहिले जुर्मुराउँदै र कमिटीमा नयाँ जीवन सञ्चारित हुँदै गएको समेत बताए।

एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदै छ ।

महाधिवेशनका लागि शनिबार एक हजार ९९९ जना प्रतिनिधि चयन हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्