Logo

१८६ केजी गाँजासहित दुई पक्राउ



वीरगञ्ज । प्रहरीले एक सय ८६ किलो गाँजासहित रौतहटबाट दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले गाँजासहित ना६ ख–५९४३ न ट्रकका चालक मकवानपुर थाहा नगरपालिका–१२ बस्ने सुरेन्द्र गोले र रित्तम तामाङलाई पक्राउ गरेको हो।

रौतहट गौर नगरपालिका–४ गढवा टोलस्थित शिवांगी पेट्रोल पम्पअगाडि गौर–चपुर सडकखण्डमा रोकी राखेका उक्त ट्रकको चेचिसमा फल्स बटम बनाई प्लास्टिकले वेरेको १२ पोकामा रहेको १८६ किलो गाँजा बरामद गरेको थियो।

गाँजासहित पक्राउ परेका ट्रक र दुबै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्