Logo

काठमाडौको टेकुबाट समायो प्रहरीले पटाकासहित शनी कस्मेटिकका सञ्चालक


काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पटाकासहित एक पक्राउ परेका छन्।शनी कस्मेटिक पसलका सञ्चालक भारत मोतिहारीका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई पटाकासहित प्रहरीले पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार उनको पसलबाट करिब २३ किलो कोब्रा पटाकासमेत बरामद गरिएको छ। उनलाई बुधबार पक्राउ गरिएको हो। हाल उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्