Logo

निकुञ्जका विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने : मन्त्री आलेमगर


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को आज महेन्द्रनगरमा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा मन्त्री मगरले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराई पुनः स्थापना गरिनुपर्ने बताउनुभयो । उहाँले मुआब्जा दिनका लागि विगतमा गठित समितिले बुझाएको प्रतिवेदनका आधारमा पुनः स्थापना गर्न सुझाव दिएको बताउनुभयो ।

समितिको प्रतिवेदनअनुसार विस्थापित एक हजार ४८० परिवारलाई १० कठ्ठा जग्गा र रु ६० लाख दरले मुआब्जा दिनुपर्ने उहाँले बताउनुभयो । वन मन्त्री हुँदा मैले १५ दिनभित्रै निकुञ्ज विस्थापित परिवारको समस्या समाधानका लागि समिति गठन गर्ने बचन दिएको उहाँले बताउनुभयो ।

रासस

प्रतिक्रिया दिनुहोस्