Logo

ओखलढुंगा कांग्रेसमा बालकृष्ण दाहाल समुहका सवै उमेदवार हेभीवेट


नेपाली कांग्रेसले मंसिर अन्तिममा महाधिवेशन गर्ने गरि नयाँ कार्यतालिका सार्वजानिक गरेसंगै जिल्ला जिल्लामा अधिवेशनको माहौल तातेको छ । नयाँ कार्यतालिकासंगै जिल्ला र प्रदेश तथा संघीय निर्वाचन क्षेत्रको पनि अधिवेशनको मिति तय गरेको छ । ओखलढुगामा पनि जिल्ला अधिवेशनको माहौल तातेको छ । ओखलढुंगा जिल्ला सभापतिका लागि नेता बालकृष्ण दाहाल र बर्तमान उपसभापति तेजेन्द्र खनालले उमेदवारी घोषणा गरेका छन् ।

दुवै उमेदवारले आ–आफ्नो समुह बनाएर प्रतिष्पर्धामा उत्रने संकेत गरेका छन् । दाहालको समुहमा पदाधिकारी, जिल्ला कार्यसमिति सदस्यदेखि महाधिवेशन प्रतिनिधिसम्म सवै हेभीवेट उमेदवार देखिएका छन् । दाहालको समुहको उपसभापतिमा शान्ति खड्का र कमल तामाङ उमेदवार बन्ने भएका छन् । खड्का र तामाङ दुवै हेभीवेट उमेदवार हुन् । खड्का जिल्लाको पश्चिमी क्षेत्र लिखु गाउपालिकाबाट प्रतिनिधित्व गर्दछन भने तामाङ जिल्लाको मध्यक्षेत्र सुनकोशी गाउपालिकाबाट प्रतिनिधित्व गर्दछन्् । खड्का र तामाङ दुवै लोकप्रिय नेताका रुपमा परिचित छन् । दुवै जनाले आफ्नो व्यवसाय राजनीतिलाई एकै साथ अगाडि बढाएका सक्षम नेताका रुपमा ओखलढुंगावासीले चिन्ने गरेका छन् ।

त्यस्तै सचिव पदमा पनि हेभीेवेट उमेदवारलाई बालकृष्ण दाहालको समुहबाट अगाडि सारिएको छ । सचिवमा विनोद केसी र राजाबाबु किरातीलाई दाहालको समुहले अगाडि सारेको छ । केसी नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य भइसकेका हुन् । उनी अहिले सिद्धिचरण नगरपालिकाको वडा अध्यक्ष छन् । त्यसैगरि किराती नेपाल विद्यार्थी संघ तरुण दलको केन्द्रीय राजनीतिबाट जिल्लाको राजनीतिमा फर्केका हुन् । उनी ओखलढुंगाको कांग्रेस राजनीतिका भीष्मपितामह बलबहादुर राई का सहोदर नाती र र पूर्व पार्टी सभापति प्रेमराज राईका छोरा हुन् । यस्तै दाहाल समुहबाट सहसचिवमा टेकबहादुर खड्का र उज्जन बुढाथोकीको उमेदवारी तय भएको छ ।

त्यस्तै प्रदेशसभा (क) को सभापतिमा होम बहादुर कार्की र प्रदेशसभा (ख) को सभापतिमा दाहाल प्यानल बाट कुलबहादुर श्रेष्ठ रहेका छन् । कार्की पूराना कांग्रेस नेता हुन । उनी जिल्ला कार्यसमितिका सदस्य हुन् । चिसंखुगढि गाउपालिकाबाट प्रतिनिधित्व गर्ने कार्की प्रदेश क क्षेत्रका लोकप्रिय नेता मानिन्छन् ।

त्यस्तै दाहाल समुहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा उमेदवार पनि तय भइसकेका छन् । दाहालको समुहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महेश कोमोर्चा, गोमा केसी, टेकराज भट्टराई, बद्रि दाहाल, कुमार लुइटेल, नन्दलाल गिरि, भुवन भट्टराई, भक्त कट्वाल, नविन राई, लिलाबल्लभ दाहाल, उतरकुमार कट्वाल, बद्रि कार्की, चन्द्रबहादुर कार्की, लेखबहादुर राई, भीम बराल, संगिता तामाङ, दिलकुमारी खतिवडा, होम विश्वकर्मा लगायतका दिग्गज नेताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्