Logo

शैक्षिक सामग्री वितरण


गुल्मीको मदाने गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ३४५ विद्यार्थी र तीन विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । मदाने युवा क्लबको आयोजना तथा सूर्य नेपाल प्रालिको आर्थिक सहयोगमा मदाने–२ बाँझकटेरीमा रहेका तीन विद्यालय र सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामग्री प्रदान गरिएको हो ।

पञ्चमी पोखरी प्राथमिक विद्यालय १८०, टोप्रे प्राथमिक विद्यालयका एक सय र बाझकटेरी प्राविका ६५ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको क्लबका सदस्य ताराबहादुर घर्ती मगरले जानकारी दिनुभयो । विद्यार्थीलाई एक÷एक झोला, एक÷एक दर्जन कापि, पेन्सिल तथा कलम प्रदान गरिएको उहाँले बताउनुभयो ।

पञ्चमीपोखरी प्राविका लागि बल, क्यारामबोर्ड, ह्वाइट बोर्ड दुई÷दुई तथा नेट, दराज र ल्यापटप एक÷एक प्रदान गरिएको छ भने सोफा, खेलौना, चार्ट लगायतका सामग्री पनि प्रदान गरिएको छ । टोप्र्रे प्राविका लागि खेलौना, बल, जाली, ह्वाइट बोर्ड, चार्ड एवं बाझकटेरी प्राविको लागि बल र जाली, खेलौना, चार्टलगायतका सामग्री प्रदान गरिएको छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर केसीले शैक्षिक सामग्री ल्याउनमा समन्वय गर्ने क्लबलाई धन्यवाद दिँदै शैक्षिक उन्ननयका लागि उच्च प्राथमिकतादिएको जानकारी दिनुभयो । गाउँपालिका उपाध्यक्ष सरिता खड्काले आगामी दिनमा पालिकाले सहयोग गर्ने बताउनुभयो ।

रासस

प्रतिक्रिया दिनुहोस्