Logo

अष्ट्रेलियाका राजदूत भोल्कको प्रधानसेनापतिसँग भेटवार्ता


प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ । भेटवार्ताले दुई देशबीचको सम्बन्ध सुमधुर तुुल्याउन थप मद्दत पुग्ने सेनाले विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्