Logo

पूर्व प्रधानमन्त्री सिंह एम्स अस्पतालमा उपचारार्थ भर्ना


दिल्ली । भारतका पूर्व प्रधानमन्त्री डा मनमोहन सिंह गम्भीर अस्वस्थ भएपछि उपचारका लागि अस्पतालमा लगिएको छ । उनलाई नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । काँग्रेस आइका वरिष्ठ नेतासमेत रहेका डा सिंह ज्वरो र कमजोरीका कारण अस्वस्थ भएका हुन् । ८८ वर्षीय उनको स्वास्थ्य परीक्षण र उपचारमा एम्स अस्पतालले मेडिकल बोर्ड गठन गरेको छ । डा रणदीप गुलेरियाको नेतृत्वमा चिकित्सकको टोलीले उनको स्वास्थ्य परीक्षण र आवश्यक उपचार गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्