Logo

राष्ट्रिय पर्वहरुका सम्बन्धमा


राम प्रसाद सेढाइ

यसबर्षको बिजयादशमी, दिपावली छठपर्वको उपलक्ष्यमा सम्पुर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

हामिले मानी आएका चाडपर्व, धर्म संस्कार दशै तिहार लगायत विभिन्न पर्वहरु का सम्बन्धमा आफुलाइ आधुनिक र नया युगको चिन्तक बताउने जडसुत्रबादीहरु जोड जोडले कुर्लदै भनिरहेका छन् कि ( हाम्रा रितिरिवाज, परम्पराहरु धर्म संस्कार रुढीबाद र अन्धविश्वासमा आधारित छन् , अबैज्ञानिक छन् । उहिलेका कुरा खुइले अहिले तिनलाई निरन्तरता दिनु जरुरी छैन ,अर्कोतिर आफुलाइ धर्मको मषिहा मान्ने धर्मका ठेकेदार धर्मभिरुहरु फलाक्दैछन खबरदार हाम्रा परम्परा , रितिरिवाज,धर्म संस्कृतिलाई अपरिवर्तनिय हुन् । यिनिहरुमा कहि कतै अलिकति पनि ह्र्स्व दीर्घ पुर्णविराम समेत चलाउनु हुदैन भनि अलौकिकताको लेपन लगाइ समयानुकूल परिमार्जन, सुधार गर्न चाहादैनन। यसरी धर्म परम्परालाई रुढीबादी देख्ने र अकाट्य सत्यको बिल्ला भिराउने दुबै अतिवादी सोचहरु हुन् । यस्तो अतिवादी सोचको आक्रमणको चपेटमा परेको हाम्रो परम्परा ,धर्म संस्कृतिलाइ समयानुकुल परिवर्तन तथा सुधार गर्दै , धर्मको नाममा हुने विकृती, बिसङ्गती आदिलाई रोक्दै, फजुल खर्च कटौती गर्दै, आफ्नो हैसियत हेरेर पारिवारिक मिलन ,सुख दुख साट्दै मनाउदा उपयुक्त हुन्छ जस्तो लाग्छ।
एउटा उखान छ आयो दशै ढोल बजाइ गयो दशै ऋण बोकाइ यस्तो हुनु राम्रो होइन। नत्र हाम्रो धर्म संस्कृती तथा परम्परा हरु लोप हुँदै जाने खतरा रहन्छ। त्यो कसरी भने पहिलो कुरा त सामान्य व्यक्तिले कुनै धर्म संस्कार तथा चाडपर्व मान्नै नसक्ने गरि महँगो र भड्किलो हुँदै गयो यसो हुदा हुनेखानेले मात्र पर्व मान्ने भए। ऋण कृत्वा घृतम पिवेत भन्ने कुरा पनि भएन । अर्को कुरा धर्मका नाममा पुजीवादी बजारले हामिलाइ लुटिरहेको छ । तेस्रो कुरा वर्ण व्यवस्थामा आधारित हाम्रो समाजमा रहेका तल्ला जाती हरुमा हाम्रा हिन्दु धर्म संस्कृतिले आफुलाइ व्यापक विभेद गरेको महसुस गरेका छन् । उनीहरुको भनाइ जायज छ। किनकी आफैलाइ विभेद गर्ने धर्म संस्कृतिलाइ किन मान्ने किन निरन्तरता दिने त्यसैले पनि यिनिहरुमा समय सापेक्ष सुधारको खाचो छ। अन्तमा भन्नुपर्ने कुरा के हो भने उहिलेका कुरा कसरी खुइले यो पृथ्वी, जल , तेज, वायु , आकश पनि उहिलेकै हुन, यिनै पन्चमहाभुत द्वारा निर्मित हाम्रो शरीर पनि उहिलेकै हो। हामिले फेरिरहेको सास हावा, पिउने पानी जल, बसिरहेको धर्ती सबै उहिलेकै हो। त्यसैले कुनै कुरा खुइलेका छैनन् । मात्र सोच खुइलेको हो ।

प्रतिक्रिया दिनुहोस्