Logo

इपिएल उपाधि जित्नलाई पोखराले चितवनलाई ११२ रनको लक्ष्य दियो


चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई जीतका लागि ११२ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको पोखराले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १११ रनको योगफल बनायो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाउदा रिचार्ड लेभीले २६ रन जोडे ।

त्यसैगरी विपिन रावलले १७, कप्तान विनोद भण्डारीले २२, किशोर महतोले १, विवेक यादवले ४, रित गौतमले २, सहन अर्चाचिगेले २ तथा बिक्रम सोबले १ रन जोडे भने लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए । पोखरालाई सस्तैमा समेट्नेक्रममा चितवनका कमल सिंह ऐरी एकक्लैले ४ विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २/२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालको नाममा १/१ विकेट रह्यो ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक इपिएलको फाइनलमा पुगेको हो । चितवन अहिले जवाफी व्याटिङमा उत्रेको छ ।
–रासस

प्रतिक्रिया दिनुहोस्