Logo

भारतमा कोभिड १९ बाट ज्यान गुमाउनेको परिवारलाई रु ५० हजार क्षेतिपुर्ति


काठमाडौं । भारतको सर्वाेच्च अदालतले कोभिड १९ बाट ज्यान गुमाउनेको परिवार वा नजिकको नातेदारलाई रु पचास हजारको दरले क्षतिपुर्ति दिन आदेश दिएको छ । भारतमा कोभिड १९ बाट चार लाख पचास हजार भन्दा बढीको ज्यान गएको तथ्याङक छ । तर कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या यो भन्दा दशौं गुणा बढी भएको विज्ञहरुले दावी गरेका छन् ।

भारतको प्रकोप व्यवस्थापन कानुन अन्तर्गत क्षतिपूर्ति माग गर्दै वकिलहरूले सर्वोच्च अदालतबाट आदेश माग गरेका थिए।
सोमवार न्यायाधीश एमआर शाहले भने , मृतकको सबभन्दा नजिकको नातेदारलाई उक्त क्षतिपूर्ति तिर्नुपर्नेछ। त्यो राज्य र केन्द्रले दिने अन्य सुविधा बाहेकै दिनुपर्छ।

अदालतले नजिकका नातेदारले क्षतिपूर्ति माग आवेदन गरेको ३० दिनभित्र उपलब्ध गराउनुपर्ने पनि आदेश गरेको छ। गत जुन महिनामा वकिलहरूले क्षतिपूर्ति दिलाउन अदालतको हस्तक्षेप माग गर्दै मुद्दा दायर गरेका थिए।

उनीहरूले कोभिड १९ भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन कानुन अनुसार क्षतिपूर्ति दिइनु्पर्ने प्रकोप भएको बताएका थिए। सन् २००५ मा बनेको उक्त कानुनले प्रकोपमा नागरिकको मृत्यु भएमा परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्