Logo

ओखलढुंगा कांग्रेस अधिवेशन : पाँच स्थानीय तहमा सर्वसम्मत, जिल्ला नेतृत्वका लागि कडा प्रतिष्पर्धाको संकेत



नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिकिदै जाँदा ओखलढुंगामा वडा र स्थानीय तहको अधिवेशन सम्पन्न भएका छन् । गत भदौ १८ गते ७५ वडाको अधिवेशन सम्पन्न गरेको कांग्रेसले आठ वटै स्थानीय तहको अधिवेशन ९ र १० गते सम्पन्न गरेको हो । वडादेखि स्थानीय तहसम्मको अधिवेशनलाई धेरैजसो सर्वम्मत रुपमा नेतृत्व चयन भएको छ । जिल्लाका ७५ मध्य ७३ वडा सहमतिमा नै अधिवेशन सम्पन्न गर्न सफल भएको नेपाली कांग्रेसका नेता बालकृष्ण दाहालले जानकारी दिए । अघिल्ला अधिवेशनहरुमा मतदान गर्नुपरेको मोलुङ गाउपालिका २ बरुणेश्वरमा समेत यस पटक नेता दाहालको पहलमा सहमतिका वडा अधिवेशन सम्पन्न भएको थियो ।

पार्टीमा आन्तरिक प्रतिष्पर्धा भन्दापनि सहमति सहकार्यले सबैलाई जोड्ने हुँदा आफ्नो पहिलो प्रयास सहमतिकै लागि भएको नेता बालकृष्ण दाहालको भनाई छ । नगर तथा गाउपालिकाको नेतृत्व सहमतिमै चयन गर्ने आफ्नो मुख्य एजेण्डा रहेको उनले भनाइ छ । कार्यकर्ता तहबाट दवाव बढेपछि जिल्लाको खिजीदेम्बा, लिखु, चम्पादेवी, सुनकोशी र मानेभञ्ज्याङ गाँउपालिकामा निकै लामो छलफल र कसरतपछि सहमतिमा नेतृत्व चयन गरिएको छ । सिद्धिचरण नगरपालिका, मोलुङ र चिशंखुगढी गाउपालिकामा समेत समहतिको प्रयास हुँदा हुँदै चुनावी प्रकृयामा मार्फत नेतृत्व चयन भएकाले सम्बन्धीत स्थानीय तहका नेता कार्यकर्ता विच आपसी समझदारी र एकताका साथ अघि बढ्नु पर्नेमा दाहालले जोड दिए ।

नेपाली कांग्रेस ओखलढुंगाका प्रभावशाली नेता संविधानसभा सदस्य रामहरी खतिवडा कुनै दाहाल र खनालको पक्षमा अझै स्पष्ट नभएकाले पनि जिल्ला नेतृत्वका लागि प्रतिष्पर्धा रोचक हुने देखिएको छ । खतिवडा केन्द्रमा सभापति शेरबहादुर देउवाको समुहमा छन् । जिल्लामा भने चुनावबाट नेतृत्वमा चयन भएको तीन पालिका मध्ये एउटा जिल्ला सभापति प्रदीप सुनुवार र तेजेन्द्र खनाल पक्षका उमेदवारलाई सहयोग गरेका थिए । चिसंखुगढी गाउपालिकामा खतिवडाले सुनुवार र खनालका उमेदवारलाई सर्मथन गरेका थिए । । सिद्धिचरण नगरपालिका र मोलुङ गाउपालिकामा नेता बालकृष्ण दाहाल निकट उमेदवारलाई संविधानसभा सदस्य खतिवडाले सहयोग गरेका थिए ।

जिल्ला नेतृत्वमा कडा प्रतिष्पर्धा हुँने संकेत
आगामी दशैं र तिहारको विचमा हुने भनिएको कांग्रेसको जिल्ला अधिवेशनमा बालकृष्ण दाहाल र तेजेन्द्र खनालले उमेद्वारी दिने घोषणा गरेका छन् । दाहाल र खनालको घोषणा संगैं दुइ पक्ष विच कडा प्रतिष्पर्धा हुने संकेत स्थानीय अधिवेशनको परिणामले देखाएको छ । वडादेखि पालिकाको अधिंकांश नेतृत्व सहमतिमा चुनिएको हुँदा उनिहरुको सहयोग कसलाइ रहन्छ भन्ने प्रष्ट भइनसक्दा जिल्ला नेतृत्वमा ठुलो रस्सा कस्सी हुने देखिन्छ ।

मतदान प्रकृयाबाट आएका सभापतिहरुको मत परिणाम हेर्दा माथिल्लो तहको निर्वाचनमा कडा प्रतिष्पर्धा हुने संकेत देखिएको क्षत्रीय प्रतिनिधिहरु बताउछन् । चिशंखुगढी गाउपालिकामा ७, मोलुङ मोलुङ गाउपालिकामा १५ र सिद्धिचरण नगरपालिकामा २२ मत गरी तीनवटा स्थानीय तहमा ४४ मतले संस्थापन पक्षले चुनाव जितेका छन् । यसरी हेर्दा माथिल्लो तहको अधिवेशनमा दाहाल र खनालको प्रतिष्पर्धा निकै कडा हुने देखिन्छ ।

जिल्ला सभापतिको आकाक्षा राखेका दाहाललाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको सहयोग रहेको छ । पार्टीलाई संस्थागत बनाउने अभियान र निष्ठाको राजनीतिलाई अगाडि बढाउदै, सबै निर्वाचनमा कांग्रेको जित सुनिश्चित गर्ने अभिभाराका साथ दाहालले सभापतिको उमेद्वारी घोषणा गरेका छन् ।

त्यस्तै वर्तमान उपसभापति खनाललाई जिल्ला सभापति प्रदीप कुमार सुनुवार सहित शेरबहादु देउवाको समुहको सहयोग छ । खनाल वर्तमान सभापति प्रदिप सुनुवारबाट सञ्चालित हुने र दाहाल स्वविवेकले पार्टी हाँक्ने नेताका रुपमा जिल्लाका नेता कार्यकर्ताले व्याख्या गर्ने गरेका छन् ।

२०६४ र २०७० को संविधानसभा निर्वाचनका प्रत्यासी उमेद्वार समेत रहेका दाहाल १३ औं महाधिवेशनमा सभापतिका प्रत्यासी थिए । दाहालको टिमबाट उपसभापतिमा महासमिति सदस्य कमल तामाङ सचिवमा विनोद केसी र राजाबाबु किरातीले उमेद्वारी दिने घोषणा गरेका छन् । त्यस्तै खनाल समुहबाट उपसभापतिमा नवराज केसी, भुपेन्द्र बस्नेत, सचिवमा राजकुमार ढुंगाना, र अजय लुइटेलको नाम चर्चामा रहेको छ ।

प्रदेशसभा (क) को सभापतिमा बालकृष्ण दाहाल समूहबाट होम बहादुर कार्की र तेजेन्द्र खनाल समूहबाट सन्तोषबाबु थापा रहेका छन भने प्रदेशसभा (ख) को सभापतिमा दाहाल प्यानल बाट कुलबहादुर श्रेष्ठ तथा खनाल प्यानल बाट आश्स्राचन राईले उमेद्वारी दिने तयारी गरेका छन् । अधिवेशनको समयमा दुइ प्यानल देखिएपनि यो अधिवेशनलाई एकताको अधिवेशनका रुपमा लैजान सबैतहबाट पहल गर्नुपर्ने नेपाल प्रेस युनियन ओखलढुंगाका अध्यक्ष जीवन शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्