Logo

‘ईश्वरीलाल श्रेष्ठ पुरस्कार’: प्रेमराज पन्तलाई


यस वर्षको प्रा ईश्वरीलाल श्रेष्ठ २०७८, पुरस्कार प्रा डा प्रेमराज पन्तलाई प्रदान गरिएको छ ।

६८औँ वाणिज्य दिवसका अवसरमा ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा सो पुरस्कार पन्तलाई प्रदान गरिएको हो । व्यवस्थापन संकायका पूर्वडिनसमेत रहनुभएका प्रा डा पन्तले नोपलको वाणिज्य शिक्षामा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै पुरस्कार स्वरुप प्रतिष्ठानले सरस्वतीको मूर्ति र सम्मान पत्र प्रदान गरेको हो ।

प्रा डा प्रचण्ड प्रधानले वाणिज्य क्षेत्रमा ईश्वरीलालले पु¥याएका योगदानको कदर गर्दै प्रतिष्ठानलाई रु १० हजार सहयोग गर्ने घोषणा पनि गरेका थियो । संस्थाका अध्यक्ष प्रा डा पुस्कर बज्राचार्यले पछिल्लो समय वाणिज्य पठन पाठन गर्ने विद्यार्थीको सङ्ख्या बढिरहे पनि व्यावहारिक रूपमा नतिजा आउन नसकेको धारणा राखे । उक्त पुरस्कार विगत तीन वर्षदेखि प्रदान गर्न थालिएको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्