Logo

इंग्लिस प्रिमियर लिगः मोहम्मद सालहले पुर्याए १०० गोल

लिड्स युनाइडमाथि लिभरपुलको ३–० को जित



काठमाडौंं । आइतबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाइडमाथि ३–० को जित हाँसिल गरेको छ ।

आइतबार राति अवे मैदानमा भएको खेलमा लिभरपुलले लीड्स युनाइडलाई ३–० ले पराजित गरेको हो । लिभरपुलका लागि २० औँ मिनेटमा मोहम्मद सालह, ५० औँ मिनेटमा फाबिन्हो र इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा साडिओ मानेले गोल गरे ।

६० औँ मिनेटमा स्ट्रुज्क सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लीड्स १० खेलाडीमा सीमित भएको थियो ।

मोहम्मद सालहले २० औँ मिनेटमा गरेको गोल उनले प्रिमियर लिगमा गरेको १०० औँ गोल पनि हो । जितपछि चार खेलबाट १० अंकसहित लिभरपुल तेस्रो स्थानमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्