Logo

पाठेघर फुटेर रक्तश्राव भएकी महिलाको निसर्गमा सफल सल्यक्रिया


धनगढी। पाठेघर फुटेर पेटमा रक्तश्राव भएकी महिलाको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा अप्रेशन सम्पन्न भएको छ । पुनरबास कञ्चनपुरकी २६ बर्षीया मन्जु तामाङ गर्भवती भएको आठ महिनापछि एक्कासी बिरामी भइन् ।

उनको पेट र छातीमा काँडाले घोचेजस्तो भएपछि अस्पताल ल्याइएको थियो । अस्पतालमा परीक्षण गर्दा उनको पाठेघर फुटेर रगत बगिरहेको देखिएपछि अस्पतालले शल्यक्रिया गरेको हो ।

‘बुहारी छटपटाइरहेको देख्दा मन साह्रै आत्तिएको थियो,’ मन्जु तामाङकी सासू मिनिमाया तामाङले भनिन्, ‘जसोतसो मनलाई दह्रो बनाएर अप्रेशन कक्ष बाहिर बसिरहेका थियौँ । एकछिनपछि त डाक्टरले आमा र बच्चाको अबस्था सामान्य छ ।

तपाईँको नातिनी जन्मिएकी छिन् भने त्यसपछि मन निकै खुशी भयो।’ आमालाई व्यथा पनि नलागेको र यसभन्दा पहिले कुनै अप्रेशन पनि नभएको यस्तो केस आजसम्मको अनुभवमा पहिलो भएको उपचारमा संलग्न डा.नज्मुस्वा अन्सारीले बताइन्। ‘मन्जुको पाठेघर फुटेर रगत बगिरहेको थियो।

समयमै उपचार नपाएको भए बच्चादानी त फाल्नु पर्ने नै हुन्थो। आमा र बच्चाको ज्यान पनि जानसक्ने अवस्था हुन्थ्यो,’ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा अन्सारीले भनिन्। सल्यक्रियाबाट सुत्केरी गराइएपछि आमा र बच्चाको स्वास्थ्य स्थिति सामान्य रहेकाले अस्पतालले उनलाई घर पठाएको छ।

चिकित्सा क्षेत्रमै दुर्लभ र जटिल मानिएका अप्रेशन समेत निसर्ग हस्पिटलमा गरिन थालेको छ। हस्पिटलको सेवा सुबिधा अत्याधुनिक र देशकै उत्कृष्ट बनाउन व्यवस्थापन, चिकित्सकसहितको अस्पताल परिवार लागिपरेको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बाताए।

प्रतिक्रिया दिनुहोस्