Logo

मौसम चेतावनी : अबको २४ घण्टा जोखिमपूर्ण


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले आगामी २४ घण्टा जोखिमपूर्ण हुने भन्दै सचेत रहन आग्रह गरेको छ ।
महाशाखाको सोमबार बिहान प्रकाशित बुलेटिनमा आगामी २४ घण्टा जोखिमयुक्त भएका कारण एक चेतावनी सार्वजनिक भएको छ । सो बुलेटिनमा लेखिएको छ – भारती वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भुक्षय, पहिलो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ ।’

महाशाखाले आगमी तीन दिन देशका अधिकांश स्थानमा हल्का, मध्यम र मुसलधारे वर्षा हुने उल्लेख गरेको छ । आइतबार पनि महाशाखाले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा मुसलधारे वर्षा हुन सक्ने पूर्वानुमान गरेको थियो । यो अवस्था अहिले पनि छ ।

प्रतिक्रिया दिनुहोस्