Logo

तालिवानीहरुले आतंकवाद परित्याग र मानवअधिकारमा प्रतिबद्ध भए इयुले सहयोग गर्ने

इयुका पाँच शर्त यस्ता छन्



काठमाडौं । युुरोपेली युनियनले आफ्ना पाँच शर्त पालना गरे अफगानिस्तानको तालीवानी सरकारलाई आर्थिक सहायता दिने वाचा गरेका छन् । युरोपेली युनियन भित्रका देशका विदेशमन्त्रीहरुको बैठकले पाँच शर्त तय गरेका हुन् ।

उक्त बैठकपछि उक्त युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले सो कुराको जानकारी दिएका हुन् । उनले युरोपियन युनियनका विदेशमन्त्रीले तालिबान सरकारलाई सहयोग गर्नका लागि ती शर्त राखेको बताए । उनका अनुसार यसका लागि सबैभन्दा पहिला तालिबानले अफगानिस्तानमा आतङ्ककारीलाई प्रश्रय दिने अथवा यहाँ आतंकवादी उत्पादन केन्द्रजस्तो गरी अरु देशलाई असर गर्ने काम गर्न नहुने बताइएको छ ।

त्यस्तै अर्को शर्तका रुपमा उनीहरुले मानवअधिकारलाई पनि अघि सारेका छन् । अफगानिस्तानमा तालिबान सरकारले मानवअधिकारको सम्मान र रक्षा गर्नुपर्ने, महिला अधिकारकार, प्रेस स्वतन्त्रता हुनुपर्ने र कानुनी शासनको प्रत्याभूति हुनुपर्ने पनि सो शर्तमा अघि सारिएको छ ।

यी शर्त पालना गरेमा मात्र तालिबान सरकारलाई सहयोग गर्न सकिने युरोपियन युनियनका विदेशमन्त्रीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्