Logo

भारतका प्रख्याद योगगुरु सद्गुरु भन्छन् ‘पर्यटनबाटै नेपालको समृद्धि सम्भव’



काठमाडौं । भारतका प्रशिद्ध योग तथा दर्शनका गुरु सद्गुरुले नेपालको आर्थिक समृद्धि पर्यटनको प्रवद्र्धनबाट सम्भव भएको बताएका छन् ।
सद्गुरु र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच नेपालको पर्यटन प्रवर्द्धनका विषयमा शनिबार छलफल भएको छ । एकसाता अघि नेपाल आएका सद्गुरुसँग भएको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका विभिन्न विषयमाथि छलफल भएको हो ।


भेटका क्रममा सद्गुरुले नेपाल एसियाको स्वीजरल्याण्ड भएको चर्चा गर्दै नेपालको समृद्धि पर्यटनबाटै सम्भव भएको बताएका छन् । उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र स्वर्ग यही नै स्वर्ग रहेको धारणा राखे । ‘नेपाल सम्भावना नै सम्भावनाको देश हो । यहाँ प्रकृति, संस्कृति र एडभेन्चर छ । तर, यसको व्यवस्थापन आवश्यक छ,’ उनले भने ।

नेपाल विश्वका अरू देश जस्तो नभई अलौकिक आनन्द प्राप्त गर्न सकिने देश भएकोले यहाँको मौलिकतालाई जर्गेना गर्दै पर्यटन विकास गर्नु आजको आवश्यकता भएको भएको उनको भनाई छ । उनले योजनाबद्ध विकास विना दिगो विकास सम्भव नभएको धारणा राख्दै नेपालका मौलिक कला र संस्कृतिको संरक्षण गर्दै योजनाबद्ध विकासमा लैजान सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्