Logo

कैलालीमा विंगर र अटो रिक्सा जुध्यो, तीनको मृत्यु, पाँच घाइते



धनगढी । कैलालीको गौरीगंगामा शुक्रबार साँझ विंगर र अटोरिक्सा आपसमा ठोक्किदा तीन जनाको ज्यान गएको छ । घटनामा पाँच जना घाइते भएका छन् ।

महेन्द्र राजमार्ग अन्तरग कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरीक्षक वामदेव गौतमले दुुर्घटनामा परेर अटोमा सवार घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युुवराज चौधरी, २६ वर्षीय भीगम चौधरी र १९ वर्षीय जितेन्द्र चौधरीको मृत्युुु भएको जानकारी दिए ।

गम्भीर घाइते भएकाउनीहरु तीनै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको ट्राफिक प्रहरी उपरीक्षक गौतमले बताए ।

उनका अनुुसार दुुर्घटनामा परेर घोडाघोडी नगरपालिका–९ कै २३ वर्षीय दीपेन्द्र चौधरी, २२ वर्षीय सुरेन्द्र चौधरी, २९ वर्षीय हरी चौधरी, १९ वर्षीय आशन चौधरी र कञ्चनपुरको वेदकोट नगरपालिका–१० दैजीका २५ वर्षीय धने रावल घाइते भएका छन् । उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्