Logo

कोरोनाका कारण हास्य कलाकार थापा “बखते”को निधन


काठमाडौं । वरिष्ठ हास्य कलाकार शम्भुराज थापा “बखते”को निधन भएको छ । थापालाई कोरोना संक्रमणका कारण तीन साता पहिला उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो ।

थापाको ५५ वर्षको उमेरमा आज बिहान निधन भएको हो । तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए । उनले पछिल्लो समय ‘मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलो’लगायतका टेलिसिरियलमा अभियन गरिसकेका छन् ।

उनले हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चा कमाएका थिए । त्यसैगरी उनले महानायक राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्रमा समेत अभिनय गर्न भ्याएका थिए ।स्व. थापाका श्रीमती एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्