Logo

क्रियाशील सदस्यताको टुंगो लगाउन बन्यो तीन नेताको ‘विशेष कार्यदल’


काठमाडौ। नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवादको टुंगो लगाउन विशेष कार्यदल बनेको छ । क्रियाशील सदस्यता छानबिन समितिले गरेको कामका आधारमा थप छानबिन गरी शतप्रतिशत विवाद समाधान गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई केन्द्रीय समितिले जिम्मा दिएको हो ।

लेखक यसअघि क्रियाशील सदस्यता छानबिन समितिको संयोजक थिए भने सिटौला र रिजालले क्रियाशील विवाद समाधानका लागि शीर्ष तहमा काम गरेका थिए । बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौला, रिजाल र लेखकले जिल्ला तहसम्मकै समस्या समाधान हुनेगरी सदस्यताबारे सहमति गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्