Logo

समाजसेवाको नाममा हिराधन–रोजिनाको ब्रम्हलुट


लण्डन । नाम समाजसेवा तर, काम भने ठगी । बेलायतको राजधानी लण्डनमा बसेर समाजसेवाको नाममा ठगी गर्ने एक दम्पत्तिको कर्तुत सार्वजनिक भएको छ । उनीहरुको कर्तुतको फेहरिस्त लामै छ ।

आफूँलाई समाजसेवी भनेर ठगी गर्ने व्यक्तिहरु हुन् हिराधन राई र उनकी श्रीमती रोजिना प्रधान राई । पूर्व ब्रिटिश गोर्खा सैनिक हिराधन र उनकी श्रीमती रोजिनाले आफ्नै साथीलाई नै ठगी गरेको खुलासा भएको छ । रोजिना गैर आवासीय नेपाली संघ, बेलायतकी महिला उपाध्यक्ष पनि हुन् । उनी अहिले अध्यक्ष पदका लागि उम्मेदवार बनेकी छन् । दुई वर्षअघि एउटा अनलाइन न्यूज पोर्टल ‘नेपालटक डटकम’ ले  उनीहरुको कर्तुतबारे सार्वजनिक गरेको थियो ।

समाजसेवाका नाममा ठगी धन्दा चलाउन हिराधन र रोजिनाले आफ्नै नाममा फाउण्डेसन नै बनाएका छन् । रोजीहिरा फाउण्डेसन समाजसेवाका लागि भन्दा पनि समाजसेवाका नाममा ठगी गर्न स्थापना गरेको चिनेजानेकाहरुले बताएका छन्।

साथीलाई पनि छाडेनन्

‘हिराधनले ठगी गर्न पायो भने आफ्नै हितैषी साथी र आफन्तलाई पनि बाँकी राख्दैन’ उनलाई नजिकबाट चिनेका बेलायत निवासी एक जनाले बताएका छन् ।

हिराधनले आफ्नै जन्मथलो खोटाङको वाकशिलाका आफन्तहरुलाई पनि ठगी गरेका छन् । एक जानकारका अनुसार सन् २०१५ मा खोटाङको वाकशिलामा मिशन टु हेल्प नामक संस्थाको सहयोगमा राहखोला सेरोफेरो संस्थाले स्वास्थ्य शिविर सन्चालन गरेको थियो । सो शिविर सञ्चालनका क्रममा संकलित रकममध्ये २ हजार ७ सय पाउण्ड बचत भएको थियो ।

हिराधनले सो रकममा आँखा लगाइरहे । उनले संस्थाका पदाधिकारीहरुसँग बारम्बार उक्त पैसा आफूँलाई दिन भन्दै आग्रह गरिरहे । हिराधनकै एक घनिष्ट साथीले संस्थाको पैसा संस्थालाई नै चाहिन्छ, व्यक्तिलाई दिन मिल्दैन भन्दै इन्कार गरिरहे । त्यही क्रममा हिराधन सन् २०१७ मा एनआरएन यूकेको अध्यक्षको उम्मेदवार बने । त्यसपछि पनि उनले पैसा माग्न छाडेनन् ।

हिराधनले पैसा मागिरहे, संस्थाका पदाधिकारीले पैसा दिएनन् । त्यसपछि रिसाएका उनले संस्थाका पदाधिकारीमाथि दबाब दिन थाले । एक जनालाई त उनले एनआरएनको सदस्य बनाउन भन्दै एक सय फारम पठाए । त्यतिबेला एक सदस्य बराबर पच्चीस पाउण्ड शूल्क तोकिएको थियो । ती साथीले आफैंले पैसा हालेर सदस्य बनाउन अस्वीकार गरे ।

त्यसपछि उनले थाले ती साथीको चरित्र हत्या गर्न । एउटा फेक इमेल आइडी बनाएर आफ्नै साथीको चरित्र हत्या गर्ने गरी लण्डन र नेपालमा रहेका आफन्तहरुलाई इमेल पठाइदिए । हिराधन त्यतिमा मात्रै रोकिएनन्, खोटाङ गाउँकै एक जनालाई पनि उचाले । खोज्दै जाँदा हिराधनको इशारामा काम गर्ने ती व्यक्ति पक्राउ परेपछि हिराधनको सबै कर्तुत खुल्यो ।

मान्छेको सबैभन्दा ठूलो सम्पत्ति भनेको असल चरित्र हो । तर, हिराधनले आफ्नै साथीहरुको चरित्र हत्या गर्ने जस्तो गम्भीर अपराधसमेत गरे । हिराधनले चरित्र हत्या गर्र्न खोजेका व्यक्ति अहिले लण्डनमै छन्, जुन हिराधनकै घनिष्ट साथीसमेत हुन् ।

पूर्व ब्रिटिश गोर्खा सैनिक हिराधन राईले आफ्नै साथीलाई समेत नराम्ररी ठगेका छन् ।

फौजमा सँगै काम गरेको घनिष्ठ साथीलाई पनि उनले विभिन्न बाहनामा ठगी गरेको भन्दै विभिन्न स्थानमा उजुरी गरेका छन् । तर, हिराधनले विभिन्न शक्ति प्रयोग गरेर चुप लगाउन खोजेको ती पीडित साथीले बताएका छन् ।

खोटाङका बासिन्दा हिराधन ब्रिटिश गोर्खा फौजका लागि छनौट भएपछि लण्डन पुगेका हुन् । जम्मा तीन कक्षासम्मको मात्रै औपचारिक शिक्षा लिएका राई ब्रिटिश आर्मीमा रहेका उनका दाजुको बलमा उनी ब्रिटिश आर्मीमा छानिएका थिए ।

हिराधनले चार पाँच वटा मोबाइल नम्बर प्रयोग गर्ने पनि खुलेको छ । हरेक नम्बरबाट छुट्टा छुट्टै नाममा भाइबर ग्रुपमा जोडिने र अरु व्यक्तिहरुको बारेमा तथानाम मेसेज लेखी अरुको चरित्र हत्या गर्ने गरेको पनि पाइएको छ । त्यस्तै, चरित्रहत्यामा प्रयोग भएको एउटा नम्बरका बारेमा ब्रिटिश प्रहरीमा उजुरी पनि परेको जनाइएको छ ।

उनले रोजिनासँग बिहे गर्नु भन्दा पहिले नै चार जना महिलासँग बिहे गरेर अलपत्र पारेर छाडेको उनलाई चिन्नेहरुले बताएका छन् । स्थानीय जानकारहरुका अनुसार हिराधनले पन्ध्र वर्षको उमेरमा नै पहिलो पटक बिहे गरेका थिए । हरेक पटक नेपाल आउँदा नयाँ बिहे गर्ने गरेका थिए उनले ।

ब्रिटिश आर्मीमा भर्ती हुनु अगावै गाउँकै एक महिलासँग बिवाह गरेका हिराधनले छोरा जन्माइसकेपछि छाडिदिएका थिए । उनले बिहे गरेर अलपत्र पारेका खोटाङ र भोजपुरका दुई महिलाले त उनलाई गाउँमा आए कारबाही गर्ने चेतावनी पनि दिइसकेका छन् । स्थानीयका अनुसार, तीन वटी श्रीमतीबाट सन्तान जन्मेका छन् ।

विद्यार्थी भिसामा अध्ययनका लागि लण्डन पुगेकी रोजिनासँग हिमचिम बढेपछि हिराधनले नेपालमा बिवाह गर्न छाडे । सन् २०१० बाट रोजिनासँग उनको प्रेम भएको र प्रेम झाँगिदै गएपछि २०११ मा हिराधनले श्रीमतीको रुपमा रोजिनालाई भित्र्याएका थिए । पहिले फरक फरक बस्दै आएका हिराधन र रोजिना त्यसपछि मात्रै सँगै बस्न थालेका हुन् ।

रोजिना र हिराधनले संयुक्त रुपमा फाउण्डेसन खोलेका छन् भने लण्डनका विभिन्न स्थानमा व्यवसाय पनि सन्चालन गरेका छन् ।

समाज सेवामा लागेकी रोजिना आफ्नै पति हिराधनको गलत व्यवहारको साक्षी बन्दै आइरहेकी छन् । पति हिराधन र फाउण्डेसनका नाममा गलत काम भइरहँदा पनि रोजिनाले हिराधनलाई साथ दिइरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्