Logo

रेशमले छाडे महन्थको साथ, अब जसपामा नै रहने


रेशम चौधरी अन्ततः जनता समाजवादी पार्टी (जसपा) नेपालमा नै रहने भएका छन् । पार्टीको आधिकारिकताका लागि भएको ‘हेड काउन्ट’ मा तटस्थ बसेका चौधरीले जसपाको मूलधारमा नै रहने निर्णय गरेका हुन् । यसअघिसम्म जसपा महन्थ पक्षको दायाँ हात भनेर चिनिने रेशमले जसपा आधिकारीकता पछी आफ्नो काँटा फेरेका हुन् ।

पार्टीको कार्यकारिणी समिति सदस्य रहेका चौधरीलाई कारवाही गर्ने वा नगर्ने बारे आज पार्टीको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा बैठकबाट नै कारागारमा रहेका चौधरीलाई फोन गरेर कता रहने भनेर सोधिएको थियो । रेशमको जवाफपछि चौधरीलाई पार्टीको कार्यकारिणी समितिमा कायम गरिएको ती सदस्यको भनाइ छ । निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको आधिकारिकता दिएपछि यादवले महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई कारवाहीको प्रक्रिया थालेका छन् । 

प्रतिक्रिया दिनुहोस्