Logo

नेपालमा संक्रमणदरसँगै दिनप्रतिदिन मृत्यसदर पनि बढ्दै


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले आजको प्रेस ब्रिफिङमा जानकारी दिएका छन् ।

मंगलबार देशभर ३८९९ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना डिस्चार्ज भएका छन् ।

बितेको २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने जम्मा १५ हजार ८०८ जनाको नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्