Logo

नेप्से हालसम्मकै उच्च बिन्दुमा


बुधबार सेयर बजारको परिसूचक नेप्सेले अहिलेसम्मकै उच्च अंक ३ हजार ९४‍ दशमलव ९५ कायम गरेको छ। केही दिनयता बजारले उच्च अंककाे रेकर्ड कायम गर्दै आएको छ।

यस दिन परिसूचक १५. ३ अंकले बढेको हो। कारोबार खुलेको १० मिनेटमै परिसूचक ३ हजार ११२ सम्म पुगेको थियो। त्यसपछि उतारचढावमा रहेको बजार अन्ततः अघिल्लो दिनको तुलनामा १५ अंकले मात्रै बढ्यो।

कारोबार रकम भने घटेको छ, १३ अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजो १५ अर्ब बढीको कारोबार भएको थियो।

बैंकिङ १८, जलविद्युत ४८ र उत्पादन ३७ अंकले घटे। ब्यापार १६, होटल तथा पर्यटन २५७, विकास बैंक ४८, फाइनान्स ७०, निर्जीवन बीमा ४४९, जीवन बीमा ४३१, अन्य २० र माइक्रोफाइनान्स समूह ३७ अंकले बढेका छन्।

प्रतिक्रिया दिनुहोस्