Logo

माधवलाई केपीको ब्यंग ‘माउसुलीले कहिलेकाहीँ पुच्छर फाल्छ हामी पनि तयार हुनुपर्छ’



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलालाई ‘प्रतिगमन’को संज्ञा दिएका छन् । प्रतिगमनको हल्ला गर्दै वास्तविक प्रतिगमन भएको उनले टिप्पणी गरे ।

हिजो पार्टीको केन्द्रिय समिती बैठकका क्रममा संवोधन गर्दै उने उक्त कुरा बताएका हुन् पार्टीभित्र उत्पन्न विवाद र विभाजनको अवस्थालाई ओलीले माउसुलीको पुच्छरको उदाहरणसहित व्याख्या गरेका थिए ।

उनले भने, ‘माउसुलीले कहिलेकाहीँ पुच्छर फाल्दिन्छ । तर, त्यो कारण उ आत्तिदैन किनकि पुच्छर तुरुन्तै पलाउँछ । अहिले हामीले पुच्छर फाल्नु परे पनि तयार हुनु पर्ने बेला आएको छ ।’

वरिष्ठ नेता नेपालले वर्गविरोधि तथा कम्युनिष्ट विचार र जनताका विरोधिसँग साँठगाँठ गरेको आरोप ओलीले लगाए । नेपालले गरेको गद्दारी गिनिज बुकमै लेखिने उनले टिप्पणी गरे । अदालतको फैसला पनि संसारमै नयाँ रेकर्डका रुपमा रहने ओलीको भनाइ थियो ।

माधव नेपाल सँग एकताका लागि आफूले आझै प्रयास गर्ने ओलीले बताए । कम्युनिष्ट आन्दोलन र आफ्नो राजनीतिक जीवन बचाउन अनुरोध गर्छु उनले भने ।

ओलीले भने, ‘म यो अन्तिम क्षणमा साथीहरुलाई भन्छु, पार्टी एकतामा आउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्