Logo

क्रियाशील सदस्यता बितरणमा देउवापक्षले धाँधली गर्यो भन्दै ७१ बर्षिय कार्यकर्ता अनशनमा



काठमाडौं– कांग्रेस क्रियाशिल सदस्यता बाँडफाडँमा धाँधलीभएको भन्दै बिगत ४ दिनदेखी कांग्रेस पार्टी कार्यलय बाहिर अनशन जारी छ । जारी अनशनमा आजबाट ७१ बर्षिय बृद्द पनि आमरण अनशनमा बसेका छन् । सर्लाहीका निर्वाचन सम्पूर्ण ४ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्ता वितरणमा धाँधली भएको अनशरत कार्यकर्ता बताउछन् । अनशनरत ७१ बर्षिय राम गोबिन्द राय पूर्व पार्टीको गाउँपालिका समितिका अध्यक्ष समेत बनेका थिए।

 विधान विपरीत क्रियाशील सदस्यता वितरण गरिएको तथा नवीकरणमा समेत पक्षपातपूर्ण व्यवहार गर्दै नाम छुटाइएको उनको भनाइ छ। 

क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर धनुषाका नेता कार्यकर्ता ४ दिन अघिदेखि पार्टी मुख्यालय सानेपामा आमरण अनसन बसिरहेका छन्। पूर्व सांसद चन्द्रमोहन यादवको नेतृत्वमा धनुषाका तीन नेता आमरण अनसनमा बसिरहेका छन्। 

क्रियाशील सदस्यताकै विवादलाई लिएर बाराका तीन जिल्ला नेताले ११ दिन अघिदेखि सानेपामा धर्ना दिइरहेका छन्। संस्थापन (पार्टी सभापति शेरबहादुर देउवा) पक्षले क्रियाशील सदस्यतामा धाँधली गरेको उनीहरुको भनाइ छ। कांग्रेस क्रियाशील विवाद नसुल्झिए सम्म अनशन जारी राख्ने अनशरत बताउछन् । शान्तिपूर्ण विरोधमा गरिरहेका आन्दोलन कार्यकर्ता भेट्न संस्थाप इतरका रामचन्द्र पौडेल अर्जुननरसिंह केसी प्रकाशमान सिंह सानेपा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्