Logo

के लेखिएको छ माधव पक्षलाई सोधिएको सपष्टिकरणको पत्रमा ? (पत्रसहित)



एमालेले संसदीय दलको विधानविपरीत पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने र गुटगत गतिविधि गर्ने कार्यमा लागेको भन्दै माधव नेपाल समूहका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ । 

पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर रहेको छ । पत्रमा लेखीएको छ अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको स्पष्टीकरणमा अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भइ अपराधपूर्ण कार्य के कति कारणले गर्नुभएको हो ?

साथै ‘पार्टीको निर्णय बारम्बार उल्लंघन गरेकाले पार्टी विधानको धारा ४९ क, १,२,३,४,५,६,७ र ४९ (च) विपरित भएकाले पार्टीको साधारण सदस्यता लगायत पार्टीको जिम्मेवारीबाट किन निस्कासन नगर्ने ? निस्कासन गर्नुपर्ने कारण भए २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहोला । 

जवाफ चित्तबुझ्दो नभएमा वा जवाफ नदिएमा तपाईलाई उपयुक्त बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ’, स्पष्टीकरणमा भनिएको छ ।
पत्रकाे बेहोरा एकैखालकाे भएपनि नेताहरु केही थपघट रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्