Logo

मन्त्रीको नाम टुंगो लगाउन प्रचण्डले थाले पार्टीमा छलफल



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन छलफल थालेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीका नेताहरुलाई बोलाएर प्रचण्डले छलफल थालेका हुन्।

माओवादी केन्द्रबाट नेताहरु जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बने पनि अरु नेताहरु बारे टुंगो लागेको छैन्।

पार्टी कार्यालयका सचिव श्रीराम ढकालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुंगो र पार्टी संगठनबारे छलफलका लागि स्थायी कमिटीको बैठक बोलाएको बताए।

प्रतिक्रिया दिनुहोस्