Logo

८१ किलो गाँजासहित ट्रक चालक पक्राउ



काठमाडौं । ८१ किलो ३५० ग्राम गाँजासहित मकवानपुरमा प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिका ४ का ४२ वर्षीय बाबुराम नेगीलाई ना ८ ख ८२८४ नम्बरको ट्रक र गाँजासहित बुधबार बिहान करीब ३ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले नेगीलाई मनहरी गाउँपालिका ८ सिमपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट उनलाई नियन्त्रणमा लिएको हो ।

सडकमा शंकास्पद अवस्थामा रोकिराखेको ट्रकलाई चेकजाँच गर्दा पछाडि ढालामा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्