Logo

कक्षा १२ को परीक्षा अब यसरी सन्चालन हुने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएपछि बोर्डले तयारी थालेको हो ।

सीसीएमसीका सूचना अधिकारी माधवप्रसाद ढुङ्गानाले बोर्डले मागेको अनुमति अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न अनुमति दिएको जानकारी दिए ।

परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा सञ्चालन गर्न अनुमति पाएको बताउँदै मन्त्रिपरिषद्ले निर्णय गरेपछि परीक्षा सञ्चालन गर्ने बताएका छन् । बोर्डले परीक्षा लिनका लागि सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गर्ने काम गरिरहेको छ ।

कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यसअघि अनलाइन विधिबाट परीक्षा लिने चर्चा चले पनि संक्रमण दर कम भएकाले भौतिक उपस्थितिमै परीक्षा लिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्