Logo

माधव नेपालसहित यी नेताले दिदैँछन् देउवालाई विश्वासको मत (नामावलीसहित)



काठमाडौँ । नेकपा एमालेको माधव कुमार नेपाल समूहले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने वा नलिने भन्ने विषयमा संकटमा परेका छन् ।

विशेष गरी नेताहरु दुई भागमा विभाजित भएपछि यस्तो संकट देखिएको हो ।

केहीबेर अघि बसेको उक्त समूहको बैठकले सांसदले स्वविवेक प्रयोग गर्न सक्नेबारे छलफल गरेको छ ।

कार्यदलमा रहेका नेताहरूले समूहले निर्णय गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टी एकताको ढोका आफैंले बन्द गरेको सन्देश जाने भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

कार्यदलमा रहेका र नरहेका स्थायी कमिटी सदस्यहरूसँग वरिष्ठ नेता नेपालले छलफल गरेका थिए । भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताले एमाले मिल्न लाग्यो भनेर हतारहतार विश्वासको मत लिन खोजिएको र देउवा प्रचण्डको नियत एमाले फुटाउने प्रष्ट देखिएको बताएका थिए ।

माधव नेपाल पक्षबाट कार्यदल संयोजकसमेत रहेका उपाध्यक्ष भीम रावल र सुरेन्द्र पाण्डेलगायतका नेता पनि संस्थागत निर्णय गरेर जाने १० बुँदे सहमतिको स्पिरिटविपरीत हुने भनेर पछि हटेका छन् ।

तर, माधव नेपालसहित सांसदहरू मेटमणी चौधरी, झपट रावल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, यज्ञराज सुनुवार, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, कलिला खान, कल्याणी खड्कालगायतले विश्वासको मत दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्