Logo

झिल्के भेनासगं सार्वजनिक भइन साउने सक्रान्तिको दिन गायिका लम्साल (भिडियो )


काठमाडौ । गायिका कला लम्सालले तीज गीत ‘पातली ३’ सार्वजनिक गरेकी छिन् । शिव हमालको लय–शब्द रहेको ‘पातली ३’ गीतको भिडियो साउने सक्रान्तिको दिन पारेर कला लम्सालको युट्यूव च्यानलमार्फत् सार्वजनिक भएको हो । गीतमा कला लम्सालसँगै अन्जलि अधिकारि , करिश्मा ढकाल साथमा लोमस शर्माको अभिनय गरेका छन् । गत वर्ष ‘पातली गीत’लाई सबैले रुचाएपछि उनले यस वर्ष ‘पातली ३’ सार्वजनिक गरेकी हुन् । यो वर्षको तीज पर्वलाई लिक्षत गरी नयाँ र विशेष गीतको रुपमा ‘पातली ३’ सार्वजनिक गरिएको गायिका लम्सालको भनाइ छ । शिव हमालले सार्वजनिक गीतमा गाँउमा बोलिने टिपिकल शब्दलाई कलात्मक रुपमा उतारेका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्