Logo

अभिनेत्री दियाका छोरा आईसीयूमा




एजेन्सी । भारतीय अभिनेत्री दिया मिर्जा दुई महिनाअघि आमा बनेकी हुन् । उनले मे १४, २०२१ मा आफ्नो पहिलो सन्तानलाई जन्म दिएकी हुन् । अहिले भने उनले छोराको नाम सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् छोराको नाम अव्यान आजाद रेखी राखेको जनाएकी छन् ।

उनले सामाजिक सञ्जालमाफत् आफ्नो छोराको विषयमा एक पोस्ट सार्वजनिक गरेकी छन् । उनी लेख्छिन्, ‘छोरा अव्यान दुई महिनाअघि जन्मेको थियो । र, आजसम्म पनि ऊ अस्पतालको आइसियूमै छ । दियाका अनुसार गर्भावस्थामा उनमा आएको केही समस्या र ब्याक्टेरियाको संक्रमणका कारण बच्चाको ज्यान खतरामा थियो ।

त्यस कारण समय नपुगी बच्चालाई डाक्टरले आमाको पेटबाट निकालेका थिए । दियाले आफू छोरालाई घर लैजान आतुर रहेको बताएकी छन् । साथै परिवारको नयाँ सदस्यलाई सबैले घरमा प्रतिक्षा गरिरहेको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्