Logo

आधा तलब लिनेगरि मेस्सीले गरे बार्सिलोनासँग सम्झौता नविकरण



अर्जेन्टिनाका स्ट्राईगर लियोनल मेस्सीले बार्सिलोनासँगको खेल सम्झौता ५ बर्ष लागि पुंन नविकरण गरेका छन् । यसअघि गत जुन ३० मा मेस्सीको बार्सिलोना सँगको सम्झौता सकिएको थियो ।

अन्तराष्ट्रिय खेल एजेन्सीका अनार उनले बार्सिलोनामा वार्षिक १ सय २३ मिलियन पाउण्ड तलव लिँदै आएको बताइन्छ ।

यसअघि मेस्सीले कोपा अमेरिको कप उचालेपछी अहिले विदामा छन् सोहीकारण औपचारीक करार भने केहि दिनमा हुने बताईएको छ । मेस्सिको करार सकिएपछि बार्सिलोनाका नवनियुक्त अध्यक्ष जोन लापोर्टाले मेस्सीको सम्झौता नवीकरणका लागि हरसम्भव प्रयास गरेका थिए ।

आर्थिक भार कम गर्नका लागि बार्सिलोनाले स्ट्राइकर एन्टोइन ग्रिजमनलाई एट्लेटिको मड्रिडका मिडफिल्डर साउल निगुजसँग साट्ने प्रस्तावसमेत गरेको छ ।

जुनियर फिर्पो, जिन क्लेयर टोडिबो र कार्लेस एलेनालाई विक्री गर्नुको कारण पनि आर्थिक राहत नै भएको बताइन्छ । तर ठूला नामलाई नबेचेसम्म उसले ठूलो फाइदा पाउनेछैन ।

सन् २००० देखि बार्सिलोनामा रहेका मेस्सीले बार्सिलोनाका लागि कीर्तिमानी ६ सय ७२ गोल गरेका छन् । उनले १० पल्ट ला लिगा, चारपल्ट च्याम्पियन्स लिग, ७ पल्ट कोपा डेल रेसँगै ६ पल्ट बेलोन डि’ओरको ट्रफी जितेका छन् ।

यसअघि मेस्सीको सम्झौता सकिएपछि म्यानचेस्टर सिटिसँग आवद्द हुने समाचार पनि आएको थियो । तर त्यसलाई गलत सावित गर्दै मेस्सी पुंन बार्सिलोना सँग अनुबन्ध हुन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्