Logo

ईलामको देउमाईमा कोरोना संक्रमण मृत्यु भए परिवारलाई ५० हजार



काठमाडौं । ईलामको देउमाई नगरपालिकाले कोभिडका कारण मृत्यु भएका परिवारलाई जनही रु ५० हजार दिने भएको छ । नगर कार्यपालिकाको बैठकले कोभिड संक्रमण भई मृत्यु भएका परिवारलाई राहात स्वरुप सो रकम उपलब्ध गराउने भएको नगरपालिकाका मेयर सुर्य प्रसाद पोखरेलले जानकारी दिए ।

यो कार्यक्रम सँगै अपाङ्गता भएका र पहेलो कार्ड पाएका शारिरिक रुपमा अशक्तहरुलाई मासिक ५०० रुपैँया दिने निर्णय गरिएको छ । नगरपालिकाले एकल पुरुष तथा ४५ बर्ष नाघेका एकल महिलालाई पनि भत्ता उपलब्ध गराउदै आएको छ ।यौनिक अल्पसङ्ख्यकलाई पनि मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ। 

अन्य स्थानीय तहभन्दा फरक कार्यक्रमका रुपमा शुरुबाट नै यस नगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने नगरवासीले बच्चा जन्माउँदा पोषण सुविधा उपलब्ध गराउँदै आएको छ। त्यस्तै मृत्यु हुँदा दाहाससस्कार खर्च भनेर पनि नगद उपलब्ध गराउँदै आएको छ। जन्म र मृत्युमा नगरबासीलाई नगद ५ हजार उपलब्ध गराउँदै आएको छ । यो नगरपालिकाको मुख्य उदेश्य सामाजिक शुरक्षाको क्षेत्रमा पीडित अल्पसंख्यक र शारिरिक रुपमा अशक्त व्यक्तिहरुलाई सहयोग गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्