Logo

‘तालिवानले सार्है दुख दियो’ भन्दै अफगानि महिला हतियार सहित सडकमा



अफगानिस्तानमा लामो समयदेखि बिद्रोह गर्दै आएको तालिबान बिद्रोही समूह बिरुद्द त्यस क्षेत्रका महिलाहरु हतियार बिकेर सडकमै निस्किएका छन् ।

अफगानिस्तानमा तालिवानलाई नियन्त्रण गर्न अमेरीका ले खटाएका नेटो सेनाहरु अमेरीकाले फिर्ता लगेपछी अफगानिस्तानमा तालिवानको अझ पकड बनेको छ । जहाँ तालिवानले एक तिहाई जिल्लालाई नियन्त्रणमा लिएका छन् । 

तालिवानले मच्चाएको विध्वंश र दिएको दुखबाट असह्य भएका अफगान महिलाहरु अहिले भने हतियार सहित तालिवानकको बिरोध गर्न सडकमा निस्किएका छन् । उनीहरूले हतियारसहितका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। सडकमा उनीहरूले हतियार देखाउँदै तालिवानविरोधी नाराहरू पनि लगाएका छन्।

सडकमा निस्किएका महिलाहरूसँग देशव्यापी रूपमा तालिवानविरूद्ध अग्रपंक्तिमा गएर लड्न सक्ने अनुभव त छैन तर उनीहरूको प्रदर्शनले तालिवानको सम्भावित शासनबारे उनीहरू कति त्रसित छन् भन्ने देखाउँछ।

 ‘केही महिलाहरू सुरक्षाकर्मीलाई हौसला दिन प्रतीकात्मक रूपमा हतियार बोकेर सडकमा निस्किएका हुन् तर धेरै महिलाहरू त युद्ध मैदानमै जान तयार छन्,’ घोर प्रान्तमा महिला प्रदर्शनको नेतृत्व गरेका हालिमा पारास्तिसले भनेकी छन्,‘युद्ध मैदानमा जानेमध्ये म पनि हुँ। हामीले यसअघि नै यहाँको गभर्नरलाई हामी लड्न तयार छौं भनेर जानकारी गराइसकेका छौं।’

अफगानिस्तानमा महिलाहरू यसरी हतियार बोकेर सडकमा निस्कने घटना बिरलै हुन्छन्। अफगानिस्तानमा तालिवानको पकड अझ बढ्दै गएपछी अफगानी सेनाहरु यतिवेला ज्यान जोगाउन भनेर छिमेकी राष्ट्र ताजिक्सतान पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्