Logo

कांग्रेस पदाधिकारी बैठक जारी,यस्तो छ एजेण्डा



काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक अहिले जारी छ । कांग्रेसको केन्द्रीय समिति बैठक अगाडी कांग्रेस पदाधिकारीहरुको बैठक बसिरहेको हो ।

कार्यसमितिको १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन नेताहरु आन्तरिक छलफलमा व्यस्त रहेकाले बैठक अझै सुचारु हुन नसकेको हो । तोकेको समयमा महाधिवेशन गर्नका लागि कांग्रेस छलफलमा छ ।

महाधिवेशनको मिति तोकिए पनि तोकिएकै मिति अर्थात् भदौ १६-१९ मा कसरी महाधिवेश गर्ने भन्ने बिषय कांग्रेस भित्र छलफलको बिषय बनेको छ । तोकिएकै समयमा महाधिवेशन गर्ने भनेर कांग्रेस सभापति शेरबहादुर देउबाले बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्