Logo

असल मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न – पृथ्बी सुब्बा गुरुङ



काठमाडौं । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले नवनियुक्त मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेललाई विश्वासको मत दिन नसकिने बताएका छन् । गुरुङले अवसरवादी सरकार निर्माणका लागि विश्वासको मत दिन नसकिने बताएका हुन् ।

प्रदेशसभाको आजको बैठकमा बोल्दै गुरुङले मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेललाई सफलकार्यकालको शुभकामना पनि दिएका छन् । उनले मुख्यमन्त्री शालीन भद्र र लोकतान्त्रीक आन्दोलनका योद्दा भएको बताए । उनले भने ‘मुख्यमन्त्री असल हुनुहुन्छ तर उहाँको पार्टी र सरकारले गठबन्धन सरकारको नेतृत्व लिएको हुनाले विश्वासको मत दिन नसकिने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले नवनिर्मित सरकारलाई संघियताको हिफाजत गर्नका लागि सधैँ खबरदारी गर्ने बताए । उनले आफु र आफ्नो पार्टी मुख्यमन्त्रीको खण्डन मात्र नगर्ने र पुर्ण साथ पनि नदिने गरि खबरदारी गर्दै प्रतिपक्षको रुपमा उभिने बताए ।

प्रतिक्रिया दिनुहोस्