Logo

क्रिस्टियानोले रोनाल्डोले कोकाकोलाको बोटल हटाएपछि,युइएफले दियो यस्तो निर्देशन



काठमाडौं । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले कोका-कोलाको बोटल हटाएपछि शुरुभएको तर्क वितर्कलाई लिएर युइएफले यसमा चासो देखाएको छ ।

यो सँगै युइएफले युरो २०२० मा सहभागी सबै टोली र फुटबलरलाई त्यस्तो नगर्न आग्रह गरेको छ । क्रिस्टियानोले कोका कोलाको बोटल हटाएसँगै फ्रान्सेली फुबलर पौल पोग्वाले अनि म्यानुएल लाकाटेलीले पनि स्पोन्सरको बोटल हटाएका थिए ।

युरो २०२० कपका निर्देशकले मार्टिन कालेनले  स्पोन्सरको बोटल त्यसरी नहटाउन गरि सबै टोली र खेलाडीसँग कुरा गरिसकेको उनले बताएका छन् । प्रतियोगीता संचालनका लागि प्रायोज जरुरी हुने हुनाले यस्ता गतिबिधिले स्पोन्सर र आयोजक बिच खाडल खन्न सक्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्