Logo

मनाङमा सम्पर्कविहीन ८० जनालाई हेलिकोप्टरबाट उद्धार



काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकाको विकट फु गाउँको लेकमा यार्सा गुम्बा संकलन गर्न गएका ८० जना सम्पर्कमा आएका छन् । सोमबारको अविरल वर्षापछि उनीहरू सम्पर्कविहीन थिए । सम्पर्कमा आएका ८० जनामध्ये ५६ जनाको उद्धार गरिएको मनाङका डिएसपी सुवास खड्काले बताए ।

खडकाका अनुसार कुलुङ लेकबाट २६ जना र लमु लेकबाट ३० जना गरी शुक्रबार ५६ जनाको उद्धार गरी फु गाउँ ल्याइएको छ । अन्य २४ जना भने आफूहरु लेकमै सुरक्षित रहेकाले उद्धारका लागि हेलिकोप्टरको माग गरेका छैनन् । उनीहरूको अल्टिच्युड एयर हेलिकोप्टरमार्फत उद्धार गरिएको मनाङका विघटित प्रतिनिधि सभा सांसद पाल्देन गुरुङले बताए ।

गुरुङ आफैँ उक्त लेकमा उद्धारका लागि खटिएका थिए । उनीहरू गाउँबाट दुई दिन लाग्ने लेकमा गत जेठ १५ र १६ तिर यार्सा संकल्न गर्न गएका हुन । फु लेकमा नार र फु गाउँका स्थानीय मात्रै यार्सा टिप्न गएका थिए । नार्पाभूमिको फु गाउँ जान सदरमुकाम चामेनजिकैको कोतोबाट दुई दिन लाग्छ ।

फु क्षेत्र समुद्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको छ । कोरोना संक्रमणको जोखिमले मनाङमा स्थानीयबाहेक बाहिरी जिल्लाकालाई यार्सा टिप्न प्रतिबन्ध लगाइएको अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्