Logo

के हुँदैछ कोरियाको रोजगारी ? ८ हजार नेपाली कामदार अझै प्रतीक्षामा



काठमाडौं । विगत १६ महिनादेखि नेपाली श्रमिकको आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियाको रोजगारी ठप्प छ । कोरिया सरकारले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखेसँगै कोरिया जाने तयारीमा थिए भाषा पास गरेकाहरू कोरिया सरकारले आइसिसी भिसा दिएको भनेर जनाउने प्रमाणपत्र जारी गरेको ९० दिनभित्र कोरिया प्रवेश गरिसक्नुपर्ने प्रावधान छ।

तर प्रावधानमा उल्लेख भएभन्दा बढी समय बितिसकेकाले अब कोरिया जान पाइने नपाइनेमा नेपाली युवामा अन्योल छाएको छ।

भियतनाम, कम्बोडिया, थाइल्याण्डलगायत मुलुकबाट रोजगार अनुमति प्रणाली इपिएसको भाषा परीक्षा पास गरेकाहरूलाई कोरिया सरकारले लगिरहेको छ। तर यो पटक नेपालबाट समन्वय अभावमा आफूहरू जान नपाए उनीहरूको ‍गुनासो छ। कोरिया जान सबै प्रक्रिया पूरा गरेर बसेका युवा बताउँछन्।

२०१७, २०१८, २०१९ मा परीक्षा दिएका ८ हजार परीक्षार्थी कोरिया जाने प्रतीक्षामा छन्। कोरियाले नेपाललाई मात्रै नभएर दक्षिण एसियाली मुलुकहरू नै कोभिडको उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखेको उनले जानकारी दिए।

त्यसो हुँदा कोभिड महामारीको सामान्य अवस्था भए मात्रै नेपाली श्रमिकहरू लैजाने सम्भावना रहेको उनको भनाइ छ।

यस वर्ष पनि रोकियो भाषा परीक्षा

हरेक वर्ष इपिएस प्रणालीअन्तर्गत हुने भाषा परीक्षा यो वर्ष पनि नहुने भएको छ। कोभिडका कारण सन् २०२० को भाषा परीक्षा पनि हुन सकेको थिएन। सन् २०२१ मा हुने भनिएको भाषा परीक्षाको पनि अझै टुंगो लाग्न सकेको छैन।

‘अहिलेसम्म केही टुंगो लागेको छैन। परीक्षा हुन्छ अथवा हुँदैन भनेर किटान गर्न सक्ने अवस्था छैन। यो वर्षको अन्तिमसम्म हुन पनि सक्छ। तर सम्भावना कम देखिएको गौतमको भनाइ छ।

इपिएस प्रणालीअन्तर्गत हरेक वर्ष हुँदै आएको भाषा परीक्षामा ८० हजारभन्दा बढी सामेल हुने गरेका थिए। सहभागीमध्ये ८ हजारभन्दा बढीले भाषा परीक्षा उत्तीर्ण गर्दै आएका थिए।

उत्तीर्णमध्ये ७ हजार बढीले कोरिया रोजगारीको अवसर पाउँदै आएका थिए। तर २०२० मा भाषा परीक्षा नै नहुँदा ७ हजार बढी युवाको अवसर गुमिसकेको छ।

प्रतिक्रिया दिनुहोस्