Logo

आयरल्याण्ड र डेनमार्कले गरे नेपाललाई स्वास्थ्य सामग्री सहयोग



काठमाडौं । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि आयरल्याण्ड र डेनमार्कले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका सामग्रीहरु शुक्रबार नेपालस्थित युरोपेली युनिएनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका छन् ।

सहयोग गरिएको सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिमिटर, रेष्पिरेटर मोनिटर लगाएत छन् । स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य मन्त्री तामाङले प्रभावित क्षेत्रमा उचित प्रयोग गरिने प्रतिवद्धता जनाए ।

नेपाललाई कोरोना महामारीमुक्त बनाउनका लागि सवैले आफ्नो ठाँउबाट सक्दो सहयोग गर्न उनले आग्रह समेत गरे । युरोपेली युनिएनको कार्यक्रम अन्तर्गत यसअघि पनि बिभिन्न राष्ट्रले नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्