Logo

गण्डकीका मुख्यमन्त्री पोखरेलले गरे विश्वासको मत दिन आग्रह



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् । आज बसेको प्रदेश सभा बैठकमा बोल्दै उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

मुख्यमन्त्री नियुक्त भएको साता दिन नबित्दै उनले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। अहिले मुख्यमन्त्रीले बोलेपछि अरू सांसदहरूले बोलिरहेका छन् ।
मुख्यमन्त्री पोखरेलले अहिलेको व्यवस्था रक्षाका लागि मत दिन आग्रह गरेका थिए।

कांग्रेस संसदीय दलका नेता पोखरेल, नेकपा माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको सहयोगमा मुख्यमन्त्री भएका थिए। मुख्यमन्त्री नियुक्त हुँदा पोखरेलका पक्षमा ३१ जना सांसद थिए।

प्रतिक्रिया दिनुहोस्