Logo

जारी कोपा अमेरिकाको आजको खेलमा ब्राजिलको सान्दार जित



काठमाडौं । जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समुह ए को आजको खेलमा ब्राजिल बिजयी बनेको छ । पेरु सँग शुक्रवार बिहान भएको खेलमा ब्राजिलले ४-० को सानदार जित निकालेको हो ।

ब्राजिलका लागि एलेक्स सान्द्रोले पहिलो गोल गर्दै अग्रता टिमलाई अग्रता दिलाएका थिए । उनले खेलको १२ औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको ६८औँ मिनेटमा नेइमारले गोल गरेपछि ब्राजिलले २-० को अग्रता लियो ।

८९औँ मिनेटमा एभर्टन रिबेरोले ब्राजिलको लागि तेस्रो गोल गरे । अतिरिक्त समयमा रिचर्ड लिसनले ब्राजिलको लागि चौथो गोल गरेपछि ब्राजिलले ४-० को फराकिलो जित हासिल गर्‍यो ।

यसअघि ब्राजिलले भेनेजुएलाको सामना गरेको थियो उक्त खेलमा ब्राजिले ३-० ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

दुबै खेलमा शानदार जित निकालेपछि ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्