Logo

त्रि.वि अन्तर्गतका परिक्षाहरु साउनभित्रै,भौतिक रुपमा नै परिक्षा हुने



काठमाडौं । त्रिभुवन विश्वविधालयले रोकिएका परिक्षहरु यहि साउन महिनाभित्र सम्पन्न गर्ने तयारी थालेको छ । विश्वबिधालयले परिक्षा केन्द्रलाई थप गरेर भौतिक रुपमै परिक्षा सम्पन्न गर्ने तयारी थालेको हो ।

पोहोर सालसम्म २४० वटा परिक्षा केन्द्रमा संचालन गरिरहेको परिक्षा यसपटक भने ३०० परिक्षाकेन्द्रमा संचालन गर्ने तयारी थालेको हो ।

त्रिभुवन विश्वबिधालयका डिन पुष्पराज जोशीका अनुसार यस अघि तोकिएका र संचालन हुँदै गरेका परिक्षाहरु संचालन गरिसकेपछि स्नातक प्रथम बर्षको परिक्षा गरिने भएको छ ।

अहिले वैकल्पिक माध्यमबाट परिक्षा संचालन गर्ने अवस्था नरहेको र कोरोना संक्रमण पनि दिन दिनै घट्दै गएको कारणले परिक्षा भौतिक रुपमा नै संचालन गर्ने तयारी थालीएको जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्